काठमाडौं २६ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् ।
आइतबार बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकमा नेता भट्टराईले यस्तो माग गरेका हुन्। बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका थिए । जसमा रावलको नाम थिएन ।
वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत भट्टराईले माग गरेका छन् ।
१० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग रावल पराजित भएका थिए ।