बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ लगायत ओलीको केन्द्रीय सदस्य मनोनयन प्रस्तावमा पदाधिकारीहरूको विरोध — OSNepal

बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ लगायत ओलीको केन्द्रीय सदस्य मनोनयन प्रस्तावमा पदाधिकारीहरूको विरोध

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेकपा एमालेको जारी केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय सदस्यमा अघि सारेका नामहरुलाई लिएर अन्य पदाधिकारीहरुले आपत्ती जनाएका छन् ।

आज आइतबार बसेको बैठकमा नेत्रृ अष्टलक्ष्मी शाक्य युवराज ज्ञवाली लगायत नेताहरूले ओलीेले प्रस्तावित गरेका केही नामलाई लिएर आपत्ती जनाएका हुन् ।

अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताएकी उनले विना छलफल ओलीले निणर्य गरेको आरोप लगाएकी छन् । ‘अध्यक्षले सल्लाह गर्नु भए सजिलो हुन्थ्यो । छलफल भएन । मूल्यांकनको परिपाटी हिजो थियो नि,’ शाक्यले भिनन्

नेता ज्ञवालीले पनि ुएउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना हुने बताएका छन् ।

ओलीले झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ, विद्यार्थी नेता ऐन महरसहित केही नाम अघि सारेपछि मनोनित केन्द्रिउ सदस्यहरुको नामलार्य लिएर विरोध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर