विशाल भट्टराई ,दुर्गा प्रसाई लगायत ४३ जना नेताहरु केन्द्रीय सदस्यमा मनोनीत हुँदा परेनन् भीम रावल — OSNepal

विशाल भट्टराई ,दुर्गा प्रसाई लगायत ४३ जना नेताहरु केन्द्रीय सदस्यमा मनोनीत हुँदा परेनन् भीम रावल

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेकपा एमालेले विधानतः५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रिय सदस्यमा केहि नेताहरुलाई मनोनित गरेको छ ।

एमालेको केन्द्रिय कमिटिको बैठकले विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाई लगायत ४३ जना नेताहरुलाई मनोनित गरेको हो ।

जसमा रहेका छन् । मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, दल फडेरा,उद्धव रेग्मी, बद्रि न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगला, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता याजव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा परेका छन् ।

अध्यक्ष केपी ओलीसँग अध्यक्षमा पराजित भएका भीम रावल भने केन्द्रिय सदस्यमा मनोनितमा परेका छैनन् ।

यसैगरी , बैठकले गोविन्द दुवाल, सहदेव बोटी, बालसिंह काउछा, कृष्ण केसी र चन्द्रबहादुर विश्वकर्मा पनि केन्द्रिय सदस्यमा मनोनित गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर