प्रतिनिधिसँग देउवाको आग्रह : मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् त्यसैले मलाई जिताइदिनुस् — OSNepal

प्रतिनिधिसँग देउवाको आग्रह : मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् त्यसैले मलाई जिताइदिनुस्

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिसँग आफुलाई जसरी नि जिताउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले आज लैनचौरको एक बैंक्वेटमा आधिबासी जनजाती विभागले आयोजना गरेको एक कार्यक्रममा अधिबासी जनजाती समुदायका प्रतिनिधिलाई सम्बोधन यस्तो आग्रह गरेका हुन् । कांग्रेसलाई सबैको पार्टी बनाएर लैजाने भनेका देउवाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताएका छन् ।

यदि मैले हारे भने मलाई प्रधानमन्त्रीबाट हटाउछन् भन्दै देउवाले भने, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’
त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला।’

सम्बोधनमा देउवाले प्रजातन्त्र आजको आवश्यकता भएको भन्दै कांग्रेस भित्र प्रजातन्त्र भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर