काठमाडौं- मनाङमा लगातारको वर्षापछि आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ । स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र पन जोखिममा पारेको छ ।हिजो दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ ।
२ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ ।। बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेका छन् । बाढिबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवन, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।त्यस्तै तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको छ ।