शेखरलाई साथ दिँदै शशांकले दिए केन्द्रिय सदस्यमा उम्मेदवारी — OSNepal

शेखरलाई साथ दिँदै शशांकले दिए केन्द्रिय सदस्यमा उम्मेदवारी

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले शेखर कोइरालाको टिमलाई समर्थन गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् । यस भन्दा अघि रामचन्द्र पौडेल समुहबाट सभापति पदमा दावी गरेका कोइरालाले सहमतिमा दावी छोडेका थिए ।

त्यसैगरी, शेखरलाई समर्थन गर्दै अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महतले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर