काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
सभापति शेरबहादुर देउवाको साथ छोडी सभापतिका पदका लागि उम्मेदवारी दर्ता गराएका नेता प्रकाशमान सिंहको समुहबाट महामन्त्रीको उम्मेदवारी दर्ता गराउने भएका हुन् ।
यस अघि शेखर कोइरालाको समुहबाट उम्मेदवारी दिने भनिए पनि अन्तमा सिंहको समुहबाट शर्माले उम्मेदवारी दिने भएका हुन् ।