काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार दिएका शेखर कोइरालाको समुहमा महामन्त्रीमा गगन थापा र डा। मिनेन्द्र रिजालले उम्मेदवारी दिने पक्का भएको छ ।
महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याउने छलफल भएपनि रिजाल नै लगभग पक्का भएको बताइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाएने काम पनि भइरहेको बताइएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा दावी छाडेपछि अहिले कोइरालाको समुहमा चुनावमा उत्रिने टिम बनाउने काम भइरहेको बताइएको छ ।