काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालालाई उपसभापतिको प्रस्ताव गरेका छन् ।
सभापतिको दावी गर्दै आएका कोइराला पछिल्लो समय समुहमा किचलो भएपछि ब्याक भएका थिए । अहिले देउवा समुहमा गठवन्धनको प्रयास भइरहेको स्रोतले जनाएको छ ।
देउवाले कोइरालालाई आफ्नो समुहबाट उपसभापति बस्न प्रस्ताव गरेको बताइएको छ । कोइरालाला सस्ंथापन इतर समुह वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट हुन् ।