काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समुहबाट प्रकाशमान सिंह बाहिरिएपछि रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाइने भएको छ ।
महामन्त्रीमा उम्मेदवारमा गगनकुमार थापा पक्का भएका छन् ।अर्को महामन्त्रीको लागि भने डा. मिनेन्द्र रिजाललाई बनाउने कि विश्वप्रकाशलाई ल्याउने विषयमा छलफल भइरहेको छ ।
तथापी छलफलमा महामन्त्रीमा शर्मालाई ल्याउनुपर्ने र रिजालले उपसभापति उम्मेदवारी दिनुपर्ने भनिए पनि रक्षामन्त्री समेत रहेका रिजाल भने सहमति भएका छैनन् ।