काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशनमा केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिएका छन् ।
आज शनिबार बिहान १० : २८ मा सभापतिको उम्मेदवारी दर्ता गरेका गुरुङ उम्मेदवारी दिने पहिलो व्यक्ति बनेका छन् ।
यसैगरी, उपसभापति र महामन्त्रीमा पनि अहिलेसम्म कसैकोउम्मेदवारी परिसकेको छैन । तथापी , सहमहामन्त्रीमा भने ३ जनाको उम्मेदवारी परेको छ ।