‘ओलीबाट माग पुरा हुन्छ भनि सोच्नु हानिकारक’ — OSNepal

‘ओलीबाट माग पुरा हुन्छ भनि सोच्नु हानिकारक’

LC (KTM) May 29, 2021 0

काठमाडौँ । जसपाको उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारबाट केही प्रशासनिक माग सम्बोधन भएपनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनि सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।

जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओली सरकारले आफ्ना माग मुद्दा सम्बोधन गरेको भन्दै सरकारमा जान तयार रहेको बेला यादव पक्षले यस्तो निष्कर्ष निकालेको हो ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

यादव पक्षले पास गरेको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना गर्दै संवैधानिक व्यवस्थाको ओभरल्यापलाई पुनः लिकमा ल्याउन काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षसँग सहकार्य गर्न जरुरी रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर