माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने — OSNepal

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

LC (KTM) December 11, 2021 0

काठमाडौं, २५ मंसिर -नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो । प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन ।

अधिवेशनलाई दिउँसो एक बजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।

सातबटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् ।माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडाैंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर