राजीनामा दिने या संसदमा नै अनुपस्थित हुने विषयमा अन्तिम निष्कर्ष निकाल्न नेपाल समुहको सिंहदरबारमा बैठक जारी — OSNepal

राजीनामा दिने या संसदमा नै अनुपस्थित हुने विषयमा अन्तिम निष्कर्ष निकाल्न नेपाल समुहको सिंहदरबारमा बैठक जारी

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशख । नेकपा एमालेको माधव नेपाल समुहको बैठक सुरु भएको छ । बैठक केहि बेर अगाडीमात्र सिंहदरबारको संसद सचिवालयमा सुरु भएको हो । बैठकले आजको आज प्रधानमन्त्री केपी ओलीले संसदमा लिने विश्वासमो मतमा अनुपस्थित हुने निणर्य गरेको बुझिएको छ । बिहान नौबजे बस्ने भनिएको बैठक ढिला सुरु भएको हो ।

हिजो आइतबार पार्टीका अध्यक्ष समेत रहेका ओलीलाई पार्टीका एकताको लागि ६ बुँदे प्रस्ताव बुझाइएको थियो तर आज नौ बजे सम्म पनि कुनै प्रतिक्रिया नआएपछि थप रणनितिको विषयमा छलफल गर्न बैठक सुरु भएको हो ।

यस अघि सामुहिक राजीनामा दिने भन्दै आएको नेपाल समुह आज भने राजीनामा दिने या संसदमा अनुपस्थित हुने विषयमा अन्त्तिम निष्कर्ष निकाल्न बैठक बसिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर