सम्बोधनबाट ओली बाहिर निस्किएसँगै देउवाले भने - कांग्रेसको सरकार बनेको भोली पल्टै ओलीको शासनबाट जनताले मुक्ति पाए — OSNepal

सम्बोधनबाट ओली बाहिर निस्किएसँगै देउवाले भने – कांग्रेसको सरकार बनेको भोली पल्टै ओलीको शासनबाट जनताले मुक्ति पाए

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेको भोली पल्टै नेकपा एमाले केपी ओलीको शासनबाट जनताले मुक्ति पाएको महसुस गरेको बताएका छन् ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डरत्रास तियो । म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाए जस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।’ देउवाले भने ।

देउवाले यसो भनिरहँदा अध्यक्ष केपी ओलीले भने सम्बोधन गरेर गइसकेका थिए । कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुने बताएका देवाले भने, कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाइ एक पल्ट जिताइदिनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर