कांग्रेसको महाधिवेशन : एकै छाक पाक्यो १४ सय केजी कुखुराको मासु र १४ सय केजी खसीको मासु — OSNepal

कांग्रेसको महाधिवेशन : एकै छाक पाक्यो १४ सय केजी कुखुराको मासु र १४ सय केजी खसीको मासु

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशनमा एकै छाकमा १४ सय केजी कुखुराको मासु र १४ सय केजी खसीको मासु गरी २८ सय केजी मासुको प्रयोग हुने बताइएको छ ।

आज शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने जिम्मा अनुपम फुड ल्याण्ड र दियालोले पाएको छ ।

उनीहरुसँग २ करोड २५ लाख रुपैयाँमा खाना खुवाउने सहमति भएको छ । प्रत्येक ४ दिनमा फरक फरक स्वादका खाना खुवाउने सम्झौता समेत भएको बताइएको छ ।

आजको उद्घाटन सत्र सकिए लगत्तै खानाको मेस खुला हुने बताइएको छ । जसको लागि १२ वटा स्टलको व्यवस्था गरिएको छ । भने खसीको मासु नभएको दिनमा माछाको परिकार दिइने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर