काठमाडाैं, २४ मंसिर – नेपाली कांग्रेसका उपसभापति बिजय गच्छदारले पार्टीभित्र प्रतिस्पर्धा भन्दा प्रतिशोधको राजनीति भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले आफू थाकेर नभइ काँग्रेसलाई खुन दिन आएको बताए ।
ती वर्षअघि महासमिति बैठकमा नेतालाई मिल्न गरेको आग्रह नमान्दा देशमा कम्युनिष्टले जितेको भन्दै यो महाधिवशेनमा मिलेर अघि वढ्न उनको सुझाव छ ।
उनले आफू कांग्रेसभित्र मेलमिलाप र सहमतिको वातावरण बनाउन लागि पर्ने भन्दै भने, ‘कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक छ । प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गर्नुस् ।’