प्रचण्ड नेपाललाई लक्षित गर्दै ओलीले भने, कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर परेको छ — OSNepal

प्रचण्ड नेपाललाई लक्षित गर्दै ओलीले भने, कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर परेको छ

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति प्रति कटाक्ष गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरिरहँदा ओलीले त्यसको कटाक्ष गर्दै केही साना दलहरुलाई कांग्रेसले साथ दिएन भने के हुन्छ भन्ने पिर परेको टिप्पणी गरेका छन् ।

, ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ ।’ ओलीले भने । ओलीले माधव नेपाललाई समेत लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘सँगै जानुपर्छ भनेको सरकारमा मात्र हो कि देश बनाउन पनि हो ? देश बनाउन सँगै जाने कुरामा नेपाली कांग्रेसको साथमै छ नेकपा एमाले,’ ओलीले भने ।

शुभकामना दिँदै ओलीले भनेका छन् , ‘नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्, अरुका नीतिमा होइन, आफ्नो नीतिमा हिँडाओस् । शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुस् भन्ने शुभकामना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर