के कांग्रेससँग एमालेले सहकार्य गर्ला ? काँग्रेस र एमालेले सहकार्य गरेमा प्रचण्ड र माकुनेको पार्टीको हालत के होला ? — OSNepal

के कांग्रेससँग एमालेले सहकार्य गर्ला ? काँग्रेस र एमालेले सहकार्य गरेमा प्रचण्ड र माकुनेको पार्टीको हालत के होला ?

LC (KTM) December 10, 2021 0

काठमाडौं, २४ मंसिर । नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए । देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।

यो पनि : कांग्रेसको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन नेपाल र भारतका राजनीतिज्ञहरू पुगेका थिए ।

तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनअघि नै धेरै पाहुनाको रुपमा आएका नेताहरू मञ्चबाट बाहिरिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालसहितका अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन् ।

एमाले विभाजनपछि पहिलोपटक ओली, नेपाल र प्रचण्ड सहभागी सो मञ्चबाट उनीहरूसहित जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माले महासचिव सिपी मैनाली आफ्नो सम्बोधन सकेर बाहिरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर