चिकित्सक कुटपिट पछि तनावग्रस्त रहेको भेरी अस्पताल बिकास समितीले स्वास्थ्यकर्मीलाई काममा फर्कन ग¥यो आग्रह — OSNepal

चिकित्सक कुटपिट पछि तनावग्रस्त रहेको भेरी अस्पताल बिकास समितीले स्वास्थ्यकर्मीलाई काममा फर्कन ग¥यो आग्रह

LC (KTM) May 28, 2021 0

नेपालगञ्जमा रहेको भेरी अस्पतालमा भएको घटना अब मत्थर हुदै गएको छ । यो कोरोना महामारीका बेला अग्रभागमा रहेर खटिने स्वास्थ्यकर्मी माथि भएको कुटपिटको बिषयले अस्पताल नै तनावग्रस्त भएको थियो ।

यस प्रकारको निन्दनीय कार्य प्रति सर्वत्र बिरोध भएको छ । अस्पताल विकास समितिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतमा झैँ उच्च मनोबलका साथ आ–आफ्नो जिम्मेवारीमा फर्किन अपिल गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा, सदस्य धनराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रवार विज्ञप्ती निकालेर कानुनी करबाहीका लागि प्रक्रिया अघि बढिसकेको हुँदा अहिलेको विषय परिस्थितिलाई मध्यनजर गर्दै जिम्मेवारीमा फर्किन अपिल गर्नुभएको हो ।

दोषीमाथि कारबाही प्रक्रिया अघि नबढ्ने अवस्था सिर्जना भएमा कर्मचारीको तर्फबाट चालिने सबै किसिमका आन्दोलनका कार्यक्रममा समितिको साथ रहने प्रतिबद्धता पनि विज्ञप्तिमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर