नेपाली कांग्रेसको महाधिवेशनमा पुगेर प्रचण्डले भने एक्लै हिडे अहंकार मात्रै हुन्छ — OSNepal

नेपाली कांग्रेसको महाधिवेशनमा पुगेर प्रचण्डले भने एक्लै हिडे अहंकार मात्रै हुन्छ

LC (KTM) December 10, 2021 0

काठमाडौं, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि पार्टीले एक्लै हिड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हासिल गरेको र आगामी दिन पनि कसैले एक्लै हिडे अहंकार मात्रै हुने उनले बताए ।

उनले सत्ता साझेदारमा रहेका दलहरूप्रति संकेत गर्दै यस्तो बताएका हुन् । आउँदै गरेको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनलाई समेत लक्षित गर्दै उनले सबै सँगै जानु पर्ने बताए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताएका हुन् ।

संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए ।

‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौँ’, उनले भने, ज्वालामुखीजस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस्,’ उनले भने । ठाकुर लामो समय कांग्रेसमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर