गर्न खोज्दा नेपालमा पनि हुने रहेछ , १० दिनमा बन्यो पोखरामा १ सय बेड क्षमताको कोभीड अस्पताल — OSNepal

गर्न खोज्दा नेपालमा पनि हुने रहेछ , १० दिनमा बन्यो पोखरामा १ सय बेड क्षमताको कोभीड अस्पताल

LC (KTM) May 28, 2021 0

गर्न खोज्दा नहुने केही छैन भन्ने फेरी प्रमाणित भएको छ । कोरोनाको महामारीको बेला रातारात चिनले अस्पताल निर्माण गरेको त सबैलाई थाहा नै होला तर नेपालमा पनि त्यस्तै भएको छ । कुरा पोखरा महानगरपालिकाको हो ।

यो महामारीमा जनताको जिवनरक्षा लाई मध्यनजर गर्दै १० दिनमा १ सय बेड क्षमता भएको कोभीड अस्पताल नै निर्माण भएको छ । मंगलबारदेखि अस्पतालमा पीसिआर र भिडियो एक्सरेसहितको सेवा उपलब्ध हुने र २३ वटा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था भइसकेको छ ।

साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरले कोभिड अस्पताल बनाएको हो ।अस्पताल उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले मंगलबारसम्ममा कोभिड बिरामीको उपचार सुरु हुने बताए ।

उनले सोमबारसम्ममा अक्सिजन पाइप लगायत अन्य उपकरण राख्ने र मंगलबारदेखि नै उपचार सुरु हुने जानकारी दिए । महानगरले उक्त अस्पताल लायन्स क्लबसँगको सहकार्यमा बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर