पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस बाँकी सबै पानीका फोका हुन् : अध्यक्ष ओली — OSNepal

पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस बाँकी सबै पानीका फोका हुन् : अध्यक्ष ओली

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दुई वटा मात्र पार्टी भएको बताएका छन् । एमाले र कांग्रेस बाहेक सबै पानीका फोका जस्तो भएको भन्दै टिप्पणी गरेका छन् ।

आज शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्’, ओलीले भने ।

एमाले सबैभन्दा पहिलो पार्टी भएको भन्दै कांग्रेसलाई समेत एमालेले सम्झाउनु पर्ने अवस्था आएको बताएका उनले अध्यक्ष प्रचण्डको नेकपा माओवादी केन्द्रलाई समेत पानीको फोका भएको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर