सभापतिमा सहमति हुन नसकेपछि महाधिवेशनमा सहभागी नहुने भन्दै आएका पौडेल पुगे महाधिवेशन स्थल — OSNepal

सभापतिमा सहमति हुन नसकेपछि महाधिवेशनमा सहभागी नहुने भन्दै आएका पौडेल पुगे महाधिवेशन स्थल

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशन स्थल पुगेका छन् । आफ्नो समुहबाट सभापति उम्मेदवारमा समुहति नभएपछि भन्किएर हिडेका पौडेल केहि बेर अगाडी महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप पुगेका हुन् ।

पौडेल अगावै सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका थिए । पौडेललाई भकाउन आज बिहानै केही नेताहरु उनको निवास पुगेका थिए । नेता विलेन्द्र निधिले टेलिफोन गरी आउन आग्रह समेत गरेका थिए ।

कांग्रेसको राजनीतिबाट सन्यान नै लिने भन्दै हिडेका पौडेल महाधिवेशन कार्यक्रममा सुरु हुनु अगावै सहभागी भएका हुन् । साथै महाधिवेशनमा महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरु पुगिसकेका छन् ।

१ बजेबाट सुरु हुने भनिएपनि अहिले सम्म कार्यक्रम औपचारिकपमा सुरु भएको छैन । र्शीष नेताहरु आउने क्रम जारी रहेको छ । अहिले मञ्चमा सांस्कृतिक कार्यक्रम सुरु भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर