संस्थापन इतर समुहबाट प्रकाशमान सिंह रिङ आउट ! — OSNepal

संस्थापन इतर समुहबाट प्रकाशमान सिंह रिङ आउट !

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशनको सभापति उम्मेदवारी दावी गर्ने भन्दै आएका प्रकाशमान सिंह रिङ आउट हुने भएका छन् । संस्थापन इतर समुहबाट सभापतिको दावी गर्दै आएका नेता सिंह साझा सहमतिमा नेतृत्व चयन गर्न नमानेपछि उनी आउट हुने भएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइराला सभापतिका आकांक्षी थिए । सहमतिमा पौडेल शशांक कोइराला दावी छोड्न तयार भएप िन नेता सिंहको एकोहोरो अडान पछि उनलाई आउट गरिन लागेको बताइएको छ ।

दुई नेता बिच सहमति नजुटेपछि आज बिहानै काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी र अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका थिए । छलफलमा सिंह ब्याक नभए उनलाई सँगै लैजान पनि नसकिने छलफलमा निष्कर्ष निकालिएको बुझिएको छ ।

उक्त छलफलमा पौडेललाई नै साझा सहमतिमा सभापतिमा बनाउने बताइएको छ । सिंहबाहेकका इतरपक्षका नेताहरुबीच छलफल गरेर सभापति लगायत उम्मेदवारको प्यानल घोषणा गर्ने तयारी भएको पनि बैठकमा सहभागी भएका एक नेता बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर