काँग्रेसको राजनीतिबाटै सन्यास लिने भन्दै हिडेका पौडेल निधिको एककल फोनले महाधिवेशनमा सहभागी हुँदै — OSNepal

काँग्रेसको राजनीतिबाटै सन्यास लिने भन्दै हिडेका पौडेल निधिको एककल फोनले महाधिवेशनमा सहभागी हुँदै

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी नहुने भन्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तत सहभागी हुने भएका छन् ।

आफ्नो समुहबाट सभापति चयनमा भएको भनाभन पछि महाधिवेशनको उद्घाटनमा सहभागी नहुने बताएका पौडेल विमलेन्द निधिको एक फोन कल पछि सहभागी हुने भएका हुन् ।

निधिले फोन मार्फत पौडेललाई तपाई नै महाधिवेशनमा नआएपछि काँग्रेसमा राम्रो सन्देश नजाने भन्दै जसरी पनि आउनुपर्छ भनेर निधिले आग्रह गरेपछि पौडेले आफुले आउने बताएका थिए ।

काठमाडौंमा भृकुटीमण्डपमा सुरु हुन लागेको महाधिवेशनमा भोली शनिबार उम्मेदवारी दर्ता र आइतबार निवार्चन हुने कार्यतालिका रहेको छ ।

  सभापतिका आकांक्षी  प्रकाशमान सिंह र  शेखर कोइरालाबिच   सहमति हुन नसके पनि    पौडेल काँग्रेसको राजनीतिबाटै सन्यास  लिने भन्दै हिडेका   थिए  ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर