सभापतिको दावी गर्दै आएका निधि भन्छन्, शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गरे मान्छु — OSNepal

सभापतिको दावी गर्दै आएका निधि भन्छन्, शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गरे मान्छु

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार दावी गरेका नेता विमलेन्द्र निधिले यदि वर्तमान सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफु आफ्नो दावी बाट पछि हट्ने बताएका छन् ।

यदि यस्तो नभए आफ्नो दावी कायम रहने स्पष्ट पारेका छन् । ‘शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।’ उनले भने ।

काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३ औं महाधिवेशनमा सभापतिमा लडेका नेताहरुले पफेरि सभापतिमा दावी गर्नु उपयुक्त नभएको भन्दै आकांक्षी चार जनाबाट सहमति खाज्ने या त निवार्चनमा जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर