देबदासको शुटिंगमा सलमानको इन्ट्रि, शाहरुख लाई बिचमै रोकेर सलमानले ऐश्वर्या संग गरेका थिए यस्तो रोमान्स — OSNepal

देबदासको शुटिंगमा सलमानको इन्ट्रि, शाहरुख लाई बिचमै रोकेर सलमानले ऐश्वर्या संग गरेका थिए यस्तो रोमान्स

LC (KTM) May 28, 2021 0

फिल्म निर्माता संजय लीला भंसालीको हरेक फिल्म हेर्न लायक हुन्छन् । चाहे त्यो देबदास होस् या बाजीराव मस्तानी । संजय लीला भंसालीले सन् २००२ मा आफ्नो सबैभन्दा ठुलो फिल्म देवदास रिलीज गरेका थिए ।

जसमा ऐश्वर्या राय र शाहरुख खानको जोडीलाई धेरैले रुचाएका थिए । यो फिल्म सुपरहिट नै बन्यो त्यतिबेला । जति फिल्मको कहानी मनछुने छ यसको शुटिंगको घटना पनि उत्तिकै रमाइलो रहेको छ ।

यस्तो छ शुटिङको रमाईलो किस्सा ……

यो फिल्ममा सलमान खान छैनन् तर पनि सलमान खान संजय लीला भंसालीको फिल्मको शुटिंग सेटमा ऐश्वर्या संग भेट्न पुग्थे । त्यतिबेला ऐश्वर्या संग सलमान रिलेशनसिपमा रहेका थिए । एकदिन शुटिंग चलिरहेको थियो देबदासको सलमान पनि शेटमा हेरेर बसेका थिए ।

शाहरुख संग ऐश्वर्याले एउटा रोमान्टिक सिन गरिरहेकी थिईन् जसमा ऐश्वर्याको पैतालामा काँडा भिज्छ त्यसलाई शाहरुख खानले निकाल्नु पर्ने सिन हुन्छ । शाहरुखले सिन गरिरहेका बेला सलमान बिचमा आउँछन् र फिल्म युनिटलाई यो सिन आफुले गरेर देखाउने प्रस्ताव राख्छन् ।

सलमानको यो आग्रहलाई संजय लिला भंसाली र शाहरुख दुबैले मान्छन् । सलमानले काँडा भिजेको सिन निकै राम्रो संग गरेर देखाउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर