काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले १४ औं महाधिवेशनको नेतृत्वमा नयाँ अनुहार ल्याउनुपर्ने बताएका छन् ।
महामन्त्रीको आकांक्षी रुपमा देखिएका रिजालले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै महामन्त्री पदका लागि उमेदवारी घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा रिजालले अब पनि नयाँ पुरानै नेतृत्व ल्याए जनताले नपत्याउने जसले कांग्रेसलाई घातक हुने बताएका छन् ।
शेरबहादुर देउवालाई अब सभापतिमा दोहोरिन दिन नहुने बताएका उनले भनेका छन्, ‘अहिले देखिएका अनुहार पार्टी नेतृत्वमा देखिए जनताले पत्याउँदैनन् । त्यस कारण पार्टीले नयाँ अनुहार ल्याउनुपर्छ । ‘
प्रधानमन्त्री समेत रहेका देउवालाई आफुले समर्थन गरेपनि पार्टीको सभापतिमा भने फरक मत रहेको बताएका छन् ।