काठमाडौं २४ मंसिर । नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले नयाँ दलको घोषणा गर्ने भएका छन् । खरेलले आज शुकबार दिउँसो ३ बजे अनामनगरमा दल घोषणा गर्ने कार्यक्रम राखेका हुन् ।
भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रुपमा लागेका खरेलले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका थिए । उनको नयाँ दलको नाम नेपाल सुशासन पार्टी रहेको बताइएको छ ।
नेपलालाई समृद्धिको मार्गतिर स्थापित गर्ने उद्देश्यसहित नयाा दल खोली राजनीतिमा लागेको बताएका छन् ।