राष्ट्रपति भण्डारी भन्छिन् - अस्पतालका चिकित्सक तथा नर्सप्रति भएको दुव्र्यवहार खेदजनक — OSNepal

राष्ट्रपति भण्डारी भन्छिन् – अस्पतालका चिकित्सक तथा नर्सप्रति भएको दुव्र्यवहार खेदजनक

LC (KTM) May 28, 2021 0

काठमाडौँ, १४ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार खेदजनक भएको बताउनुभएको छ । उहाँले आज ट्वीट गर्दै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति गरिएको दुव्र्यवहार हुनु खेदजनक भएको बताउनुभएको छ ।

“दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो”, उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

उपचारका क्रममा एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले यही जेठ १३ गते साँझ अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि साङ्घातिक आक्रमण गरेका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर