शिवसताक्षीमा जारी दिलमाया स्मृति सुप्पर ८ को खेलमा झापा ६ फाइनलमा प्रवेश गरेको छ । कनकाई ५ लाइ एक शुन्य गोल अन्तरले हराउँदै झापा ६ फाइनलमा प्रवेश गरेको हो । यो सँगै फाइनल खेलमा शिवसताक्षी ११ र झापा ६ बीच प्रतिष्पर्धा हुने पक्का भएको छ । झापाका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्र्र्दै जर्सी नं. १३ सुजन पौडेल गोल गर्न सफल भए ।
डिभक्स भित्रको बल बचाउन खोज्दा कनकाईका खेलाडीसँग हेन्ड भएर पेनाल्टी पाएको थियो । खेलको म्यान अफ दी म्याच झापा ६ का सुजन पौडोल घोषित भए । उनले नगद २५०० प्राप्त गरे । खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । शनिबारको फाइनल खेल शिवसताक्षी ११ र झापा गाउँपालिका ६ बीच आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।