यस्तो थियो सुशांत सिंह राजपुतको कनेक्सन सिद्धार्थ संग , फ्ल्याटमा संगै बस्दाका कुरा अहिले सार्वजनिक हुदै — OSNepal

यस्तो थियो सुशांत सिंह राजपुतको कनेक्सन सिद्धार्थ संग , फ्ल्याटमा संगै बस्दाका कुरा अहिले सार्वजनिक हुदै

LC (KTM) May 28, 2021 0

बलिउडका उदाउदा तारा दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको साथी सिद्धार्थ पिठानीलाई नारकोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले गिरफ्तार गरेको छ । ड्रग्सको केसमा उनलाई गिरफ्तार गरिएको हो ।

उनको गरिफ्तारी हैदराबादमा भएको हो । एनसीबीको एउटा टिमले उनलाई हैदराबाद बाट मुम्बई ल्याउँदैछ । उनलाई मुम्बईमा सोधपुछ गरिने छ । ड्रग्स केसको आरोपमा सिद्धार्थ पिठानी बिरुद्ध धारा २८,२९ र २७ प्रयोग हुने बताइएको छ ।

सिद्धार्थ पिठानी सुशांत सिंह राजपुत संगै एउटै फ्ल्याटमा रहदै आएका थिए । उनै सिद्धार्थले सुशांतको श व पहिलो पटक देखेका थिए ।

सुशान्त र सिद्धार्थको कनेक्सन

सुशान्तको १४ जुन २०२० मा निकन भएको थियो । उनले आफ्नै फ्ल्याटमा झुण्डिएर आत्म ह त्या गरेका थिए । सुशांतको मृ त्युले बलिउडलाई नै हल्लाईदिएको छ । सुशांतको घरबेटीले उनकी ग्रलफ्रेण्ड रिया चक्रबर्तीमाथि धेरै संगीन आरोप लगाएका थिए ।

सुशांतको मृ त्युको केसको जाँचहरु भईरहेको बेला ड्रग्सको मामला जोडिएको थियो । नारकोटिक्स कंट्रोल ब्युरोले यस केसको जाँच गरिरहेको छ । यसैक्रममा रिया चक्रवर्ती, शौविक चक्रवर्ति जस्ता कैयौ ब्यक्तिको नाम जोडिएको थियो । सिदार्थ पिठानी पनि यीनै मध्येका एक थिए । त्यसैले सुशांतको बर्ष दिन पुग्न लाग्दा उनलाई एनसीबीले नियन्त्रणमा लिएको छ ।

 

सुशांतको मृ त्यु भन्दा पहिला भेटेका थिए सिद्धार्थले

जुलाई २०२० मा भारतको एक संचारमाध्यम संग कुरा गर्दै सिद्धार्थले पछिल्लो एक बर्ष देखी सुशांत संग चिनजान भएको बताएका थिए । दुबै जनाको भेटघाट साधारण साथीको रुपमा भएको थियो । त्यसपछि सिद्धार्थले सुशांतको लागि काम गर्न थालेका थिए ।

सुशांतको मृ त्यु हुनु अघि सम्म उनकै साथमा थिए सिद्धार्थ । सिद्धार्थले सुशांत सिंह राजपुतसंग १३ जुनको १ बजे राती कुरा भएको थियो । सुशांत सिंह आफ्नी मेनेजर दिशाको आत्म ह त्यालाई लिएर दिक्दार भइरहेका थिए । किनकी उनको नाम दिशा संग जोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर