सभापति पदको दौडबाट पछि नहट्ने नेता प्रकाशमानको अडान, पौडेललाई भो सकस — OSNepal

सभापति पदको दौडबाट पछि नहट्ने नेता प्रकाशमानको अडान, पौडेललाई भो सकस

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसि । नेपाली कांग्रेसको १४ महाधिवेशन मुखैमा आउँदा नेतृत्व चयनमा भने विवाद भएको छ । भोली २४ गतेबाट सुरु हुने महाधिवेशन आज यति बेला सम्म पनि सभापतिको टुंगो लागेको छैन ।

वरिष्ठ नेता रमचन्द पौडेलको समुहबाट शेरखर कोइराला र प्रकाशमान शिंक सभापतिको आकांक्षी बन्दा दुवै बिच सहमतिको बाटो खुलेको छैन ।

तर आज बिहिबार काठमाडौंमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने जिकिर गरेका छन् ।

कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन आफु सभापतिको उम्मेदवार बन्न लागेको नेता सिंहले बताएका छन् ।

यता सिंह र कोइरालाबिच सहमति नभए सभापतिको रुपमा आफू नै अगाडी बढ्ने पौडलले बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर