थाइल्यान्डद्वारा नेपाललाई ४६ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान — OSNepal

थाइल्यान्डद्वारा नेपाललाई ४६ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान

LC (KTM) May 28, 2021 0

काठमाडौँ, १४ जेठ: थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओभरसिज धम्मादुतभिक्खुस र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सिजन कन्सट्रेटर प्रदान गरेका छन् ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले ती उपकरण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा सघाउन ती उपकरण प्रदान गरेकामा सरकारले थाइ विदेश मन्त्रालय र ती परोपकारीसंस्थाप्रति कृतज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइ नरेश र राजपरिवारका अन्य सदस्यले प्रदान गर्नुभएका स्वास्थ्य उपकरण एवं सामग्री लिएर आगामी साताको प्रारम्भमा थाइल्यान्डबाट विशेष विमान नेपाल आउने भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर