महाधिवेशनको मुखैमा देउवाले भने - नेतृत्व चयनमा सहमति नभए प्रतिस्पर्धामा जान्छौं — OSNepal

महाधिवेशनको मुखैमा देउवाले भने – नेतृत्व चयनमा सहमति नभए प्रतिस्पर्धामा जान्छौं

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सभापति चयन सकेसम्म सहमतिमा गरिने नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताएका छन् ।

बिहिबार काठमाडौंमा आफु निकटका नेता डा प्रकासशरण महतद्दारा लिखित पुस्तकको विमोचन गदै देउवाले यस्तो खुलासा गरेका हुन् । प्रधानमन्त्री समेत रहेका देउवाले उक्त कार्यक्रममा भने, ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले लोकतान्त्रिक प्रतिस्पर्धा गछौं । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यो सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता हामीमा हुनुहुदैन र हुन्नपनि ।

महाधिवेशन सकेपछि देशभर यसले एउटा उत्साह ल्याउने बताएका उनले महाधिवेशन सफल भएर फर्किदा सवैले कांग्रेसलाई अझ वलियो, अझ एकतावद्द देख्न पाउने दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर