बलिउडका किंग शाहरुखले स्कुलमा छँदा यति साह्रो गर्थिए फटाई, छारे रोग लागेको एक्टिङ गरेर टिचरको जुत्ता फुकाल्न लाउँथिए दिनभर — OSNepal

बलिउडका किंग शाहरुखले स्कुलमा छँदा यति साह्रो गर्थिए फटाई, छारे रोग लागेको एक्टिङ गरेर टिचरको जुत्ता फुकाल्न लाउँथिए दिनभर

LC (KTM) May 28, 2021 0

शाहरुख खान बलिउड तथा फ्यानहरुको हृदयका राजा मानिन्छन् । बलिउडकै सबैभन्दा ठुलो कलाकार हुनुका साथै उनी रोमान्सका राजा हुन् । यतिमात्रै हैन उनी आफ्नो ठाउँ संगै उत्तिकै जोडिएका छन् । उनको जन्म दिल्लीमा भएको थियो साथै उनले दिल्ली बाटै पढाई पुरा गरेका थिए ।

त्यसपछि उनी अभिनय गर्न भनेर मुम्बइ गएका थिए । साहरुखले आफ्नो पढाई दिल्लीको कोलम्बस स्कुल बाट गरेका थिए । उनी स्कुलको पढाईको अतिरिक्त खेलकूदमा पनि अघि थिए । शाहरुख अहिले मुम्बइमा छन् तर पनि उनको दिल दिल्लीमै रहेको छ ।

जब पुराना दिनहरु ताजा गर्न शाहरुख खान स्कुल पुगेका थिए …….

शाहरुख खानको बिषयमा एक डकुमेन्ट्रि बनेको थियो जसको नाम द इनर वल्र्ड अफ शाहरुख खान थियो । यस डकुमेन्ट्रिको एउटा छोटो क्लिप अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । उक्त भिडीयोमा शाहरुख आफ्नो यादलाई ताजा गर्न स्कुल गएका छन् त्यहा बिभिन्न ब्यक्ति संग भेट गरिरहेको देखिन्छन् ।

उनका साथीहरु यो बताईरहेका हुन्छन् कि कुन बिल्डिङमा उनी पढ्दथिए । उनले आफ्ना साथीहरु संग बताईरहेका हुन्छन् कि स्कुलमा एकदमै कडा नियम थियो । उनी जब आफ्ना पुराना कुराहरुको जानकारी पाउँछन् तब एकदमै खुशी हुन्छन् । भिडियोमा शाहरुख लाई ब्यवस्थापन संग कुरा गरिरहेको देख्न सकिन्छ । अर्काे पटक आउँदा छोरा आर्यनलाई पनि स्कुल ल्याउने सोच रहेको बताउँछन् ।

उनले स्कुलका शिक्षकहरुलाई धेरै दिक्क लाउने गरेका थिए । उनले आफ्नो केमेस्ट्रिको शिक्षकलाई राम्रो माक्स पाउनका लागि आफ्नै छोरा जस्तै हो भन्ने गरेको बताएका छन् । उनले स्कुलमा हुँदा छारे रोग लागेको एक्टिङ समेत गर्ने गरेको खुलासा गरेका छन् । उनि छारे रोग लागेको बहाना बनाएर बेहोस हुन्थे त्यतिबेला होसमा ल्याउनका लागि शिक्षकले आफ्नो जुत्ता खोल्नु पथ्र्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर