काठमाडौं २२ मंसिर । नेकपा एमालेका नेता भीम रावलले एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भईरहेको बताएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका रावलले केपी शर्मा ओलीसाग हारेपछि पहिलो पटक अछाम पुगेर सार्वजनिक कार्यक्रममा सहभागी भएका नेता रावलले यस्तो बताएका हुन् ।
अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र भईरहेको बताएका उनले देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा बताएका छन् ।
एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको दावी गरेका उनले सडक देखि सदन सम्म आवाज उठाउनु पर्ने बताएका छन् ।
एमसीसी देशको लागि घातक भएको र संविधान भन्दा माथि राखेर सम्झौता गरिएको रावलले बताएका छन् ।