पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना संक्रमण मुक्त भई घर फर्किदा २८० जनामा देखियो कोरोना संक्रमण — OSNepal

पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना संक्रमण मुक्त भई घर फर्किदा २८० जनामा देखियो कोरोना संक्रमण

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० मा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३६६ जना निको भएर घर फर्किएका छन् । साथै दुई कोरोना संक्रमितको भने ज्यान गएको छ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकामा १४६ जना संक्रमितको पुष्टि भएको छ भने जसमा काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जनामा सकं्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर