काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षबाट तिन जनाले महामन्त्री पदका लागि दावी गरेका छन् ।
आज बुधबार सभापति देउवाको निवासमा बसेको बैठकमा संस्थापन पक्षबाट डा. प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउदले महामन्त्री पदमा दाबी गरेका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।