सबित्री सुबेदीको समुहले अबला मुनालाई बो-क्सी आ रोपमा घा इते बनाउनुको रहस्य खुल्यो — OSNepal

सबित्री सुबेदीको समुहले अबला मुनालाई बो-क्सी आ रोपमा घा इते बनाउनुको रहस्य खुल्यो

LC (KTM) May 28, 2021 0

मुनालाई बोक्सीको आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर , अनिल आलेमगर, लक्ष्मी माया टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ्ग, गंगा गुरुङ्ग लगायतका अन्य व्यक्तिहरुले पनि कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउछन् ।तरकारी किन्न गएकी मुनालाई फूलमायाको घरबाट शनिवार साँझ फोन गरेर बोलाएपछि मुना उनको घरमै पुगेकी थिइन । उनी घरमा पुगेपछि ‘हामी जय नारी महिला समूहका हौ ।’ भन्दै एक हुल घरभित्र पसे ।

लगत्तै फूलमाया लगायतले मेरो घर भित्र आउने तिमीहरु को हौ भनेर ति महिलालाई बाहिर निकालिन् । मुनालाई पनि डर लाग्यो प्रहरी लाई खबर गरिन् । जव प्रहरी आयो घर बाहिर जम्मा भएका ‘जयनारी समुह’ले प्रहरीकै सामुन्नेमा मुनालाई ला त्तै लात्ताले भ कुरे । प्रहरीले हेरिमात्र रहेको प्रत्यक्षदर्शीको भनाई छ ।

पिडित मुनाको टाउको काँध, ढाड, कम्वर र खुट्टामा चोट तथा नि लडाम रहेको छ । उनलाई केही पुरुषहरुले पनि लात्तै लात्ताले हानेका कारण उनको मुन्टो नै घुमा उन नमिल्ने भएको स्थानीय माया तामाङले बताइन् । उनका अनुसार सावित्री सुवेदीले सुकुम्वासी बस्तीमा पचास भन्दा बढि महिला जम्मा पारेर ‘जय नारी समूह गठन गरेकी छिन्’

सुकुम्बासी बस्तीमा नै बस्दै आएका अर्का टेकनाथ सापकोटाले पनि निमुखा भएका कारण मुनामाथी आ क्रमण भएको बताउँछन् । उनलाई आज आ क्रमण गर्नेले अरुलाई पनि यस्तै आरोप लगाउँदै आक्रमण गर्न सक्ने उनले सुनाए । ‘फुलमाया बिमा री भएको सबैलाई थाहा छ, उनी लड्दै उफ्रिदै हिड्ने गरेका कारण उनी मुनाको झारफुक गर्न आएको सबैलाई थाहा छ । सापकोटा भन्छन् ‘मुनाले झारफुक गरे पनि फूलमायालाई अस्पताल पनि सुझाब दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर