एमसीसीको विरोधमा ६ दलीय गठबन्धन र दूई मोर्चा संगठनले मंसिर २८ संसद भवन घेराउ गर्दै — OSNepal

एमसीसीको विरोधमा ६ दलीय गठबन्धन र दूई मोर्चा संगठनले मंसिर २८ संसद भवन घेराउ गर्दै

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । एमसीसीको विरोधमा ६ दलीय गठबन्धन र दूई मोर्चा संगठनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने भएको छ । आज बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले यस्तो निणर्य गरेको हो ।

मंसिर २८ गते संघीय संसदको दुबै सदनको बैठक आह्रान गरिएको छ । साथै एसै दिन एमसीसी पास गराउने समाचार बाहिरिए पछि गठवन्धनले यस्तो निणर्य गरेको हो ।

२४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने , २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ ।

आजको यो बैठकमा छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर