भारतीय प्रधानमन्त्री मोदीले गरे बंगाल र ओडिशाको भ्रमण , यास चक्रावतले गरेको क्षती बारे बिवरण संकलन — OSNepal

भारतीय प्रधानमन्त्री मोदीले गरे बंगाल र ओडिशाको भ्रमण , यास चक्रावतले गरेको क्षती बारे बिवरण संकलन

LC (KTM) May 28, 2021 0

भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले यास चक्रावतका कारण प्रभावित राज्य बंगाल र ओडिशाको भ्रमण गरेका छन् । उनले आज चक्रावतले गरेको क्षतीको बारेमा जानकारी लिएका छन् । यसैक्रममा बंगालकी मुख्यमन्त्री ममता बनर्जी संग मोदीले १५ मिनेट भेटघाट गरेका छन् ।

दुई जना बीच चक्रावतले बिभिन्न राज्यमा पुगेको क्षतीको बिषयमा कुराकानी भएको बताइएको छ । बनर्जी बाट उनले त्यहा पुगेको क्षतीको बिवरण लिएका छन् । यसअघि आजै मोदी भुवनेश्वर पनि पुगेका थिए ।

त्यहाँ उनले ओडिशामा चक्रावतका कारण पुगेको क्षतीको समिक्षा गरेका थिए । यस दौरानमा ओडिशा सरकारले बारम्बार आउने चक्रावतले सधै क्षती पु¥याईरहेको भन्दै दिर्घकालिन उपाय खोज्न सुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर