कांग्रेसको सस्थापन पक्षले सभापति सहित १३ पदाधिकारीको नाम सार्वजनिक गर्दै — OSNepal

कांग्रेसको सस्थापन पक्षले सभापति सहित १३ पदाधिकारीको नाम सार्वजनिक गर्दै

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको सस्थापन पक्षको आज बस्ने बैठकले १४ औं महाधिवेशनको केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा केहि समय पछि बस्ने बैठकले १३ सभापतिसहित १३ पदाधिकारीको नाम सार्वजनिक गर्ने बुझिएको हो । बैठकको लागि देउवा निवास पुगिसकेका छन् ।
विशेष सुत्रका अनुसार आज सभापतिमा शेरबहादुर देउवा,उपसभापतिमा पूर्णबहादुर खड्का र डा। प्रकाशशरण महतको नाम सार्वजानिक गरिने भएको छ ।

त्यसैगरी, अन्यमा महामन्त्रीमा बालकृष्ण खाँण र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीमा गोविन्द भट्टराई, भिष्मराज आङ्देम्वे, मीन विश्वकर्मा, महालक्ष्मी उपाध्याय, फरमुल्लाह मन्सुर, रामजनम चौधरी, जीतेन्द्र देव र जीवनबहादुर शाहीको नाम सार्वजनिक हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर