सभापति चयनको लागि पौडेल समुहलाई सकस, सहमति जुटाउन फेरि बस्यो बैठक — OSNepal

सभापति चयनको लागि पौडेल समुहलाई सकस, सहमति जुटाउन फेरि बस्यो बैठक

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि सभापति उम्मेदवारको निणर्य गर्न वरिष्ठ नेता रामचन्द्र पौडले पक्षको बैठक सुरु भएको छ ।

बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुर भएको हो । हिजो मंगलबार राति शवेर सम्म पनि सभापतिको उम्मेदवार चयन गर्न नसक्दा नेता पौडेले आज बुधबार निणर्य बाहिर ल्याउने बताएका थिए ।

बैठकमा शेखर कोइराला भने नजाने भएका छन् । सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाको दाबी रहेका छ भने महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि सभापतिको दावी छोडेको बताएका छन् ।

यसैगरी पौडेल समुहले पदाधिकारीका उम्मेदवारको पनि टुंगो लगाउन सकेको छेन । कांग्रेसको १४ औं महाधिवेशन यहि मंसिर २४-२७ सम्म काठमाडौंमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर