मुलुकलाई राजनीति दुर्घटनाबाट बचाउनको लागि शिर्ष नेताहरुले विश्राम लिन हुँदैन : गृहमन्त्री खाँड — OSNepal

मुलुकलाई राजनीति दुर्घटनाबाट बचाउनको लागि शिर्ष नेताहरुले विश्राम लिन हुँदैन : गृहमन्त्री खाँड

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । गृहमन्त्री बालकृष्ण खाँडले सभापति शेरबहादुर देउवाको जीवन मुलुकको लागि समर्पण भएको बताएका छन् । हिजो राति एक कार्यक्रममा सहभागी भएका गृहमन्त्री खाँडले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेका नेता समेत रहेका खाँडले पार्टीका शिर्ष नेताहरु अहिलेको आवश्यकता भएको भन्दै उनले भनेका छन् , शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुको आवश्यकता अहिले पनि छ ।

मुलुक संकटमा भएकोम यो अवस्थामा गठबन्धनलाई बचाइएन भने के होला ? भन्ने प्रश्न गरेका खाँडले भने, ‘राजनीतिक अवस्था कस्तो होला ? राजनीतिलाई सहमतिको साथ अगाडि बढाउन सक्ने किन नसक्ने ? यी जोखिमलाई पार गर्दै सहकार्य र सहमतिको दिशामा अघि बढ्ने अवस्था छ । ‘

यसर्थ मुलुकलाई राजनीति दुर्घटनाबाट बचाउनको लागि पहिलो तहका नेताहरुले विश्राम लिन नहुने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर