भेरी अस्पताल प्रकरण : स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तिनजना विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता — OSNepal

भेरी अस्पताल प्रकरण : स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तिनजना विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । बाँकेको भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गर्ने तिन जना विरुद्ध ज्यान मार्ने मुद्धा दर्ता गरिएको छ । गएराति एक कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएपछि मृतकमा आफन्तहरुले डिउटीमा खटिएका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।

आक्रमण गर्नेमा मृतकका छोरा तथा भाइ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले दिएको जानकारी अनुसार मुख्य दोषी मानबहादुर रावतसहित तीन जनाबिरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर