काठमाडौं २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समुह पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको लागि सहमित नजिक पुगेको बताइएको छ ।
मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सहमति नजिक पुगेको भोली सम्ममा अन्तिम निणर्य बाहिर आउने बताइएको छ । नेता पौडेलले दिएको जानकारी अनुसार सहमतिको निक्कै नजिक पुगेको र भोलिसम्ममा सबै प्रक्रिया पूरा गरेर निणर्य बाहिर आउने बताइएको छ ।
पौडेलको लागि महामनत्री शशांक कोइरालाले सभापतिको दावी छोडिदिने भएका छन् । भोली बस्ने निणार्यक बैठकमा भने अर्का नेता शेखर कोइराला भने सहभागी नहुने बताइएको छ ।