काठमाडौं २१ मंसिर । नेपाली कांग्रेसको वरिष्ठ नेता राम चन्द्र पौडेलको लागि कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न महामन्त्री डा। शशांक कोइराला तयार भएका छन् ।
मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षबाट सभापतिको लागि भएको छलफलमा पौडेल सभापतिमा उठ्ने भए आफुले दावी नगर्ने बताएका छन् ।
पौडेल पक्षबाट१४ औं महाधिवेशनका लागि पौडेल सहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिको आकांक्षी रहेका छन् ।
कोइरालाले पौडेल सभापतिका लागि उम्मेदवार दिए आफुले अरुलाई पनि मिलाउने बताएका छन् ।