आर्थिक वृद्धिको लक्ष्य कोरोना महामारीका कारण हासिल गर्न कठिन - विष्णुप्रसाद पौडेल — OSNepal

आर्थिक वृद्धिको लक्ष्य कोरोना महामारीका कारण हासिल गर्न कठिन – विष्णुप्रसाद पौडेल

LC (KTM) May 28, 2021 0

काठमाडौँ, १४ जेठः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका निम्ति निर्धारित आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन हुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज अपराह्न आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले चालु आवमा आर्थिक वृद्धिसमेत हासिल गर्न चुनौतीपूर्ण भएको बताउनुभयो ।

सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो भने कोरोना महामारीका कारण त्यसलाई संशोधन गर्दै ४.०१ प्रतिशत रहने अनुमान गरेको थियो ।

कोरोना महामारीको दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएपछि संशोधित ४.०१ प्रतिशतको प्रक्षेपण पनि प्राप्त गर्न नसकिने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । यद्यपि उहाँले कोभिड महामारीको प्रतिकूलावस्थामा पनि अधिकांश समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय लगानीमा विस्तार भएको, वित्तीय पहुँच, पूँजी बजार र बीमाको दायरा फराकिलो भएको, समग्र शोधनान्तर स्थिति बचतमा रहेको तथा विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति वृद्धि भएको अर्थमन्त्रीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर